नेपालमा हिजोदेखि आजसम्म भएका सबै खाले परिवर्तनपछि जनताले केही न केही कुरा नयाँ हुन्छ भन्ने आशा र विश्वास गरिरहेकै अवस्था थियो । अहिले पनि जनतामा निराशा थोरै विषयमा देखिए पनि धेरैजस्ता विषयहरूमा आशावादी नै बनेको अवस्था छ । जति बेला गाउँमा सडक थिएनन्, शिक्षाका लागि अवसर नै थिएन, स्वास्थ्य संस्थाहरू नै थिएनन्, सिटामोल खानका लागि पनि मुस्किल पर्ने अवस्था थियो त्यस बेलाका शासक प्रशासकहरूको लडाई त्यही विषयमा थियो । त्यस बेलाको राज्य संरचनामा भएका विभिन्न खाले विभेद हरुको अन्त्य गर्ने सङ्घर्ष उति वेला भयो । जब परिवर्तन भयो परिवर्तन पछि पनि केही निश्चित व्यक्तिहरूकै पहुँचका आधारमा शासन सत्ताहरू सञ्चालन भए, जनताको भावना र चाहनाको विषय ओझेलमा पर्दै आयो ।
धेरै समस्या देखिएका विषयहरू समाधान त भए तर समाज रूपान्तरण सँगै नयाँ नयाँ सोचको विकास भयो, जनताको चाहनामा वृद्धिदर हुँदै गयो, राज्य सत्ताको स्वरूप र प्रणालीमा केही फेरबदल भए पनि शासन सत्ता चलाउने अस्थायी र स्थायी सरकारको मनोभावनामा भने परिवर्तन हुन सकेन, नीति र नियममा परिवर्तन हुन सकेन । देशमा सङ्घीयता आउँदा पनि सोही अनुसारको जनतालाई उपलब्ध गराउने बजेट, प्रणाली र विकासको नयाँ मोडल आउन सकेन । निर्वाचनका बेलामा जनताका सामु जे कुराको वाचा गरियो निर्वाचन पछि गर्नुपर्ने न्यूनतम कामहरू सुरु हुन सकेनन् दलीय व्यवस्थामा प्रधानमन्त्रीको कुर्चीकै लागि धेरै खेलहरू सुरु भए, जनताको विषय ओझेलमा पर्दै गयो ।
राजनीतिक दलहरूले स्पष्ट रूपमा देश र जनताको पक्षमा स्पष्ट खाका कोर्न नसकेका कारण नेपालको भू राजनीतिले खुलम खुल्ला हिसाब किताब निकाल्ने, चलखेल गर्ने धेरै समयहरू नेपाल भित्रै रहेका जनताको जनप्रतिनिधिहरूका केही न केही कमीकमजोरीका कारण अरूले स्वार्थ लिने अवसर प्राप्त गरे । हिजोका परिवर्तनका विषयहरूलाई हेर्ने हो भने धेरै मानिसहरूले ज्यान गुमाए, कतिपय भौतिक संरचनाहरू खरानी भए, डाँडाहरू भए, विमति र सहमतिका विषयहरूमा समेत चर्को बहस र पैरवी भयो तर पछिल्लो भदौ २३ र २४ को आन्दोलन पृथक् बन्यो । हिजोको लडाई एकतन्त्रीय शासन व्यवस्थाको विरुद्ध थियो, जहानियाँ शासन विरुद्धको थियो, जनताले संविधान नपाएको विषयमा थियो, राज्यको पुर्न संरचना जस्ता विषयहरूमा थियो ती आन्दोलनहरूमा नेपालका पुराना राजनीतिक दलहरूले साझा रूपमा आन्दोलन गरेपछि केही सहमति र दस्ताबेजहरू बने जसले नेपालको संविधान २०७२ सम्म ल्यायो त्यति मात्र हैन नेपालमा सङ्घीयताको सुरुवात भयो, ७ सय ६१ वटा सरकारको निर्माण भयो, जनतालाई आवश्यक पर्ने सेवा सुविधाहरू घर दैलोमै दिने, सुशासन, पारदर्शिता, दिगो विकासका विषयहरूमा बारेमा नीति निर्माण गर्ने विषयहरू एकाएक चर्चामा आए कतिपय नीतिहरू बदल्ने तयारी पनि सँगसँगै हुँदै गएको अवस्था थियो तर परिवर्तनका दश वर्ष पुग्न नपाउँदै पुन नेपालमा जनेजी आन्दोलनको सुरुवात भयो जुन आन्दोलनले दुई दिनमा झन्डै दुई तिहाइको सरकार ढल्यो भने अरबौंका संरचनाहरू जले पुनः नेपाल करिब २० वर्षसम्म आर्थिक, भौतिक हिसाबले पछाडि पर्र्यो ।
अहिले पुनः निर्वाचनमा देश होमिएको छ । कुनै पनि दलहरूले साझा सहमति नेपाल देश, नेपाली जनता, नेपालको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्ने विषयलाई पहिलो मुद्दाका रूपमा ल्याउन





